मधेशमा जनमतका सतीश सिंह मुख्यमन्त्रीको उम्मेदवार बन्ने

हिमाल प्रेस २४ जेठ २०८१ ११:०१
10
SHARES
मधेशमा जनमतका सतीश सिंह मुख्यमन्त्रीको उम्मेदवार बन्ने

जनकपुरधाम- मधेश प्रदेशमा जनमत पार्टीका सतीश सिंह मुख्यमन्त्रीका उम्मेदवार बन्ने भएका छन्।

संघीय गठबन्धनमा रहेका एमाले, माओवादी र एकीकृत समाजवादीले जनमतलाई समर्थन जनाउने निर्णयसँगै मुख्यमन्त्रीमा सिंह उम्मेदवार बन्ने भएका हुन्।

जनमत पार्टीको बिहीबार बिहानै बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले जानकारी दिए।

मधेशमा जनमतले नेतृत्वमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको सहयोगमा सरकार बनाउन लागेको हो।

यता सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै महेश यादवलाइ जनमतको संसदीय दलको नेता बनाइएको हो।

जनमतले भोलि प्रदेश प्रमुख समक्ष सरकार निर्माणका लागि दाबी पेस गर्ने छ।

प्रकाशित: २४ जेठ २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =