स्टोइनिसको अलराउन्ड प्रदर्शनले हार्‍यो ओमान

हिमाल प्रेस २४ जेठ २०८१ १०:४३
4
SHARES
स्टोइनिसको अलराउन्ड प्रदर्शनले हार्‍यो ओमान

काठमाडौँ- अलराउन्डर मार्कस स्टोइनिसको आक्रामक प्रदर्शनले पहिलो खेलमा अस्ट्रेलियाले ओमानमाथि सहज निकालेको छ।

स्टोनिसले ओमानसँग ३ विकेट लिए भने ६६ रनमा अविजित अर्धशतीय इनिङ्स खेले।

उनले ६ छक्का र दुई चौका बनाएका थिए। उनले ओमानका कप्तान आकिब इलियास, पूर्वकप्तान जिसन मक्सुद र मेहरान खानको विकेट लिएका थिए।

उनकै नायकत्वमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ। १६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो।

ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए। उनले ३० बलमा २ चौका र २ छक्का हिर्काए । त्यस्तै, मेहरान खानले १६ बलमा २७ रन जोडे। उनले १ चौका र दुई छक्का प्रहार गरे।

कप्तान अकिब इलियासले १८ बलमा १८ रनको योगदान दिए। उनले २ चौका र १ छक्का प्रहार गरे। शकिल अहमदले १० बलमा ११ रन जोडे।

स्टोइनिसले ३ विकेट लिँदा नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २-२ विकेट हात पारे। जाम्पाले टी-२० क्रिकेटमा ३ सय विकेट पूरा गरेका छन्।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो। टोलीका लागि ओपनर डेभिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतकीय इनिङ्स खेले।

स्टोइनिसले ६७ रन, भेटरान खेलाडी वार्नरले ५१ बलमा ५६ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का हिर्काए।

कप्तान मिचेल मार्सले २१ बलमा १४ रन तथा ट्राभिस हेडले १० बलमा १२ रन बनाए । ओमानका लागि मेहरान खानले २ तथा बिलाल खान र कलिमुल्लाहले १-१ विकेट हात पारे।

प्रकाशित: २४ जेठ २०८१ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =