हाजिरी जमानीमा छुटे निर्देशक सुदर्शन थापा

हिमाल प्रेस २४ जेठ २०८१ ८:४५
4
SHARES
हाजिरी जमानीमा छुटे निर्देशक सुदर्शन थापा

काठमाडौँ– फिल्म ‘प्रसाद-२’को विवादमा पक्राउ परेका निर्देशक सुदर्शन थापा रिहा भएका छन्।

सोमबार दिउँसो फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने बेला बालुवाटारको एक होटलबाट पक्राउ परेका उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानीमा रिहा गर्न आदेश दिएको हो।

मालीगाउँ प्रहरीले पक्राउ गरेर निर्देशक थापालाई बौद्ध प्रहरी वृत्तमा बुझाएको थियो। जिल्ला अदालतबाट २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको प्रहरीले बुधबार उनलाई पुनः अदालतमा उपस्थित गराएको थियो। त्यसपछि अदालतले उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो।

गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा सुदर्शनविरुद्ध उजुरी दिएका थिए। त्यसबेलै अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए। उनी ‘प्रसाद-२’का निर्देशक हुन्।

निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ।

प्रकाशित: २४ जेठ २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =