मधेशमा जनमतले जुटाउला बहुमत?

हिमाल प्रेस २४ जेठ २०८१ ७:४१
18
SHARES
मधेशमा जनमतले जुटाउला बहुमत? नयाँ सरकार गठनका लागि सहकार्य गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीचको छलफलको तस्बिर।

काठमाडौँ- मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

बुधबार राति प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान भएको जानकारी दिएका हुन्।

मुख्यमन्त्री भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन्।

‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आव्हान गर्नु भएको बेहोरा जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेका थिए। तर, उनले आफू नेतृत्वको सरकार जोगाउन आवश्यक बहुमत प्राप्त गर्न सकेका थिएनन्। उनको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो।

कसले पुर्‍याउला बहुमत?

मधेशमा जनमत पार्टीको नेतृत्वका सरकार बनाउन कसरत चलिरहेको छ। जनमतलाई मुख्यमन्त्री दिन नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति छ।

यता विपक्षमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकार बनाउन कोशिस गर्ने छ।

जसपाले कांग्रेस र लोसपालाई सहयोग मागेको छ। दुई दलभन्दा बढी भएमा मात्र बहुमत पुग्ने अंक गणित छ। जनमतले पनि मुख्यमन्त्रीमा बहुमत जुटाउन सकस छ।

हिजो मात्रै मुख्यमन्त्रीको विपक्षमा ५३ मत खसेको थियो। यद्यपि, यो नै जनमतसहित गठबन्धनको मत हो। मुख्यमन्त्रीबाट विश्वासको मत पाउन ५४ मत चाहिन्छ।

प्रकाशित: २४ जेठ २०८१ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =