आयरल्यान्डविरुद्ध चलेनन् विराट कोहली, राेहित शर्मा ‘रिटायर्ड हर्ट’

हिमाल प्रेस २४ जेठ २०८१ ६:४४
26
SHARES
आयरल्यान्डविरुद्ध चलेनन् विराट कोहली, राेहित शर्मा ‘रिटायर्ड हर्ट’

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा भारतले पहिलो खेलमा सुखद सुरुवात गरेको छ। गए रातिको आयरल्यान्डसँगको खेलमा भारतले ८ विकेटको फराकिलो जित निकालेको हो।

जितका लागि कप्तान रोहित शर्माले अर्धशतकको पारित खेले।

कप्तान रोहित शर्माले ५२ रन बनाउँदै रिटायर्ड हर्ट भए। रोहितले ३६ बलमा ४ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका थिए। विराट कोहली १ रनमा आउट भए। सूर्यकुमार यादव २ रन बनाएर आउट हुँदा ऋषभ पन्त ३६ र शिवम दुबे शून्य रनमा अविजित रहे। ऋषभले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

आयरल्यान्डले दिएको ९७ रनको झिनो लक्ष्य भारतले १२.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

त्यसअघि अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड १६ ओभरमा ९६ रन बनाउँदा अलआउट भयो।

आयरल्यान्डका लागि ग्यारेथ डिलानीले बनाएको २६ रन नै सर्वाधिक रह्यो। जोस लिटी १४ रनमा बोल्ड आउट ए। कर्टीस क्याम्फर १२ रनमा क्याच आउट भए। लोर्कान टकर १० रनमा बोल्ड आउट भए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आयरल्यान्डलाई कम स्कोरमा रोक्न हार्दिक पाण्ड्याले ३ विकेट लिए। जसप्रित बुमराह र अर्शदीप सिंहले समान २ विकेट लिए। मोहम्मद सिराजले १ विकेट आफ्नो नाममा गरे।

जितसँगै समूह एमा रहेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। आयोजक अमेरिका दोस्रो स्थानमा छ। भारत र अमेरिकाको समान २ अंक भए पनि नेटरनरेटमा भारत अघि छ। पराजित क्यानडा र आयरल्यान्ड तेस्रो र चौथो स्थानमा छन्।

यही समूहको अर्को खेलमा बिहीबार राति पाकिस्तानले आयोजक अमेरिकासँग खेल्दै छ। सो खेल राति सवा ९ बजे सुरु हुनेछ।

प्रकाशित: २४ जेठ २०८१ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast