शुक्लाफाँटामा गनियो खरमजुर

हिमाल प्रेस २३ जेठ २०८१ २१:१५
28
SHARES
शुक्लाफाँटामा गनियो खरमजुर तस्बिर स्रोतः ग्रिडाको वेबसाइटबाट।

महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अनुगमन गरिएको छ।

नेपाली पन्छी संरक्षण स‌ंघको सहयोगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक साता अघिदेखि खरमजुरको गणना र अनुगमन गरेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले खरमजुर गणना तथा अनुगमन हरेक वर्ष हुँदै आएको बताए।

उनले खरमजुर गणनाका लागि पन्छी संरक्षण संघ र निकुञ्ज प्रशासनबाट २० जनाको सङ्ख्यामा प्राविधिकसहितको टोली खटिएको जानकारी दिए। विश्वमै अतिसंकटापन्न अवस्थामा रहेको खरमजुर अनुगमन स्थलगतरूपमा सकिएको उनको भनाइ छ।

‘फिल्डमा अनुगमनको काम सकेर अहिले प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरिरहेको छ,’ उनले भने,  ‘यहाँ खरमजुर शुक्लाफाँटाको घाँसेमैदानलगायत विभिन्न क्षेत्रमा देख्न पाइन्छ।’

यहाँ खरमजुरको अनुगमन आवश्यकताअनुसार हात्तीलगायत विभिन्न विधिबाट अनुगमन हुने गरेको छ। निकुञ्जको घाँसेमैदान, अर्जुनी क्षेत्र, हरैया, लालपानीलगायतका क्षेत्रमा अनुगमन गरिएको हो। यसअघि गरिएको अनुगमनमा शुक्लाफाँटामा सात वटा खरमजुर भेटिएका थिए। शुक्लाफाँटा चार सय ५० भन्दाबढी प्रजातिका चराचुरुंगीको बासस्थान पनि हो।

प्रकाशित: २३ जेठ २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =