‘लण्डन टु पेरिस’ले पायो युनिभर्सल सर्टिफिकेट

हिमाल प्रेस २३ जेठ २०८१ १६:२१
6
SHARES
‘लण्डन टु पेरिस’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौँ- फिल्म ‘लण्डन टु पेरिस’ सेन्सर पास भएको छ। केन्दीय सिनेमा जाँच पास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। योसँगै फिल्म सवै उमेरसमुहका दर्शकले हेर्न पाउने भएका छन्।

नेपालमा पछिल्लो समय धेरै युवाहरु विदेश गइरहेका बेला यस्तो खाले सुन्दर लभस्टोरी फिल्म निर्माण गरेर सन्देश दिन खोज्नु आफैमा सकारात्मक भएको भन्दै बोर्ड पदाधिकारीले धन्यवाद दिएको  कार्यकारी निर्माता सनिश खकुरेलले बताए।

घनश्याम लामिछाने निर्देशित फिल्म ट्राभल लभस्टोरीमा आधारित छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा साम्राज्ञी आरएल शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी,लोक विक्रम मल्ललगायत कलाकारको अभिनय छ। निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन्।

अमित बस्नेतले निर्माण गरेको फिल्म अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफीमा बनेको छ।

प्रकाशित: २३ जेठ २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =