भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै मोदी, शपथ शनिबार

हिमाल प्रेस २३ जेठ २०८१ १५:१६
138
SHARES
भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै मोदी, शपथ शनिबार नयाँदिल्लीस्थित पार्टी मुख्यालयमा मंगलबार भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता राजनाथ सिंह, पार्टी अध्यक्ष जेपी नड्डा र अमित शाहका साथ नरेन्द्र मोदी। तस्बिर एपी रासस

नयाँदिल्ली- भारतमा नरेन्द्र मोदीले शनिबार प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। उनले तेस्रोपटक प्रधानमन्त्री पदको शपथ लिन लागेका हुन्।

मोदी लगातार तीन कार्यकाल प्रधानमन्त्री हुने तेस्रो भारतीय नेता हुनेछन्। यसअघि भारतीय कांग्रेस पार्टीका तर्फबाट जवाहरलाल नेहरू निरन्तर तीन कार्यकाल प्रधानमन्त्री भएका थिए। नेहरू सन् १९५२ मा भएको पहिलो लोकसभा चुनावदेखि १९६४ प्रधानमन्त्री भएका थिए।

मोदी भाजपा नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बन्न लागेका हुन्। अघिल्ला दुई कार्यकाल सन् २०१४ र सन् २०१९ मा मोदी भाजपाको बहुमतबाट प्रधानमन्त्री भएका थिए।

यसपटकको निर्वाचनमा भने मोदीको दल भाजपा २४० सिटमा मात्रै निर्वाचित भएको छ। ५४३ सदस्यीय लोकसभामा प्रधानमन्त्री बन्न २७२ सांसद चाहिन्छ। भाजपा नेतृत्वको भाजपा नेतृत्वको एनडीए गठबन्धन २ सय ९३ सिटमा निर्वाचित भएको छ।

प्रधानमन्त्री मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरी पदबाट राजीनामा दिएका छन्। अब उनले प्रधानमन्त्री पदका लागि दाबी गर्नेछन्।

भाजपाले लोकसभामा सन् २०१४ मा २८२ सिट र सन् २०१९ मा ३०३ सिटमा चुनाव जितेको थियो। यसपटक भने भाजपा एक्लैको सरकार बनाउन ३२ सिट पुगेन। त्यसैले उनले एनडीए गठबन्धनका ५३ सिटसहितको सहमतिमा सरकार गठन गर्न लागेका हुन्। एनडीटीभीबाट

भारतमा त्रिशंकु संसद् : यस्तो छ लोकसभामा दलहरूको विगत

प्रकाशित: २३ जेठ २०८१ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 15 =