काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकार विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन्। निर्माण टिमले उनीहरुसँग कागजी सम्झौता गरेको छ।
फिल्ममा यसअघि प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन्। फिल्ममा बालकलाकारका रुपमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहनेछ।
सेभेन सिजको प्रस्तुतिमा बन्न लागेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। सोसल-ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीले लगानी गर्नेछन्। फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्। फिल्म आगामी वर्ष २०८२ सालभित्र प्रदर्शन गर्ने तयारी छ।
प्रकाशित: २३ जेठ २०८१ ११:५४
प्रतिक्रिया