निर्देशक थापा थप दुई दिन हिरासतमा

हिमाल प्रेस २३ जेठ २०८१ ११:११
6
SHARES
निर्देशक थापा थप दुई दिन हिरासतमा

काठमाडौँ-  फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनको मुद्दामा पक्राउ परेका निर्देशक सुदर्शन थापालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ। अदालतले प्रहरीलाई २ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको हो। थापा प्रसाद २ का निर्देशक हुन्।

निर्देशक थापा सोमबार दिउँसो काठमाडौँस्थित कमलपोखरीबाट प्रकाउ परेका थिए। पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो।

निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै गत साउन १० मा जिल्ला प्रहरी परिसर, काठमाडौँमा निर्देशक सुदर्शन थापाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए।

पक्राउपछि  उनकाे आगामी फिल्म ‘रावायण’काे छायांकनमा समेत  प्रभाव परेकाे छ। फिल्मकाे  सर्लाही र हेटौंडाको छायांकन सकिएकाे ५ तर काठमाडौँ अझै सुरु हुन सकेको छैन।  निर्माण टिमले आगामी भदाै२१ लाई  प्रदर्शन मिति तोकेकाे छ ।

निर्देशक थापाले यसअघि ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’,‘सम्हालिन्छ कहिले मन’ लगायत फिल्म निर्देशन गरेका छन्।

प्रकाशित: २३ जेठ २०८१ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =