आज विश्व वातावरण दिवस

हिमाल प्रेस २३ जेठ २०८१ ७:१२
6
SHARES
आज विश्व वातावरण दिवस

काठमाडौँ- आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ विश्व वातावरण दिवस मनाउन लागिएको हो।

हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भनेका छन्, ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ।’

साथै तिनीहरूले जंगल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उनको भनाइ छ ।

देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्। दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई रोक्ने आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि महासचिवले सुझाएका छन्।

वातावरण संरक्षणका लागि नेपालमा वन तथा वातावरण मन्त्रालय र मातहतमा रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आए पनि व्यवहारमा लागु हुन नसक्दा अपेक्षित फाइदा पुग्न सकेको छैन।

प्रकाशित: २३ जेठ २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =