आईसीसी टी-२० विश्वकप : नेदरल्यान्ड्ससँग हार्‍यो नेपाल

हिमाल प्रेस २३ जेठ २०८१ ६:१५
46
SHARES
आईसीसी टी-२० विश्वकप : नेदरल्यान्ड्ससँग हार्‍यो नेपाल

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित बनेको छ।

मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा पूरा गर्दै हारेको हो।
जितका लागि नेदरल्यान्ड्सका म्याक्स ओ‘डोडले अर्धशतकप्रेरित ५४ रन बनाए।

यसबाहेक, डच टिमको जितमा विक्रमजित सिंहले २२, साइब्रान्ड एन्गलब्रेटले १४ र बास डे लिडेले अविजित ११ रन बनाए ।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो।

डच टिमविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालबाट कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा अर्को एन्ड सम्हालेका रोहितले ३७ बलमा पाँच चौका प्रहार गरे।

नवौँ नम्बरमा ब्याटिङका लागि आएका करण केसीले १२ बलमा दुई छक्कासहित १७ रन बनाए। गुल्सन झाले १४ रन थप्दा अनिलकुमार साहले ११ रन जोडे।

नेपालका ओपनरद्वय आसिफ सेख चार र कुशल भुर्तेललाई सात रनमा आउट भए। यस्तै, कुशल मल्ल चार रनमा आउट भएका थिए। दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रन जोडेर पभेलियन फर्किएका थिए। अभिनाश बोहरा ‘गोल्डेन डक’ हुँदा सागर ढकाल शून्यमा अविजित रहे।

नेपालको ब्याटिङ धरासायी बनाउन समेट्न नेदरल्यान्ड्सका टिम प्रिगल र लोगान भान बिकले समान तीन विकेट लिए। पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिए।

प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो। यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।

प्रकाशित: २३ जेठ २०८१ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast