नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ

हिमाल प्रेस २२ जेठ २०८१ २३:४३
22
SHARES
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै रोहित पौडेल। तस्बिर : क्यान

काठमाडौँ– नेपालले टी २० पुरुष विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल १९‍.२ ओभरमा १ सय ६ रनमा अलआउट भएको हो।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाली समयअनुसार मंगलबार राति भएको खेलमा कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाएका थिए। उनले ५ चौका प्रहार गरेका थिए।

करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाएका थिए भने गुलसन झाले १५ बलमा १ चौका प्रहार गरी १४ रन बनाएका थिए। आसिफ सेख ८ बलमा ४ रन बनाई आउट भएका थिए।

प्रकाशित: २२ जेठ २०८१ २३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast