सकियो गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला, पाँच हजार बढीले गरे अवलोकन

हिमाल प्रेस २२ जेठ २०८१ १९:५९
10
SHARES
सकियो गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला, पाँच हजार बढीले गरे अवलोकन

काठमाडौँ- गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ। पोखराको पोखरा इभेन्ट सेन्टरमा दुई दिनसम्म चलेको मेलामा ५ हजार भन्दा बढीले अवलोकन गरेका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरको आयोजनामा आयोजित मेलामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सरोकावालाहरूको सहभागिता थियो।

मेलालाई होटल संघ नेपाल ९हान० ले संयोजन गरेको थियो। सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन्।

मेलामा विभिन्न खालका ४२ वटा स्टलहरु राखिएका थिए। मेलाबाट रोजगारीका लागि पाँच सय भन्दा बढिले आवेदन फारम भरेका छन्। मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरु रहेका थिए।

श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेला भव्यताका साथ सम्पन्न भएको बताए। मेलामा रोजगारी दिने र रोजगारी खोज्नेहरूबीच पुलको काम गरेको र मेलाको उद्देश्य पूरा भएको बताए।

मेलामा रोजगारीका लागि फाराम भरेकाहरूलाई पछि सम्बन्धित कम्पनीले बोलाउनेछन्। सोही आधारमा उनीहरूले रोजगारी पाउने सम्बन्धित कम्पनीहरूले जनाएका छन्। विभिन्न कम्पनीहरूले ३५० भन्दा बढी क्षेत्रमा कर्मचारी माग गरेका थिए। जसमा एक हजार तीन सय भन्दा बढीले आवेदन दिएका थिए।

मेलामा विभिन्न विषयमा ६ वटा श्रमाधान सम्वाद कार्यक्रम राखिएको थियो। मेलामा पहिलो दिन श्रम आप्रवासनस् कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद आयोजना गरिएको थियो। त्यस्तै दोस्रो दिन शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा संवाद आयोजना गरिएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा मेलाको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले मेलाले तत्कालै रोजगारी दिने नभई एउटा अभियानको रूपमा अघि बढेको बताएका थिए।

आगामी वर्ष तीनै तहका सरकार मिलेर एकै पटक गर्ने र त्यो निकै प्रभावकारी हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो।

कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेष गरी रोजगारदाता र रोजगारी खोज्नेबीच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयका उप सचिव तथा गण्डकी प्रदेश मेला संयोजक शारदा भण्डारीले बताइन्।

प्रकाशित: २२ जेठ २०८१ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =