शिक्षक दरबन्दीबारे सांसद रणकुमारीले गराइन् शिक्षामन्त्री सुमनाको ध्यानाकर्षण

हिमाल प्रेस २२ जेठ २०८१ १८:०८
1.4k
SHARES
शिक्षक दरबन्दीबारे सांसद रणकुमारीले गराइन् शिक्षामन्त्री सुमनाको ध्यानाकर्षण

काठमाडौँ- सांसद रणकुमारी बलमपाकी मगरले शिक्षक दरबन्दीबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठकाे ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार बाेल्दै मगरले सामुदायिक विद्यालयमा स्थायी शिक्षक अभावका कारण पढाइको गुणस्तर खस्कँदै गएकाले तत्काल शिक्षक पदपूर्ति गर्न माग गरिन्।

उनले सिन्धुलीका ९४३ सामुदायिक विद्यालयमा १५०३ दरबन्दी र एक हजार ६४ राहत शिक्षक रहेकाे जानकारी गराउँदै ८५५  दरबन्दी खाली रहेकाे बताइन्। उनकाे भनाइमा यो प्रतिनिधि जिल्ला मात्र हो। यो समस्या देशैभरको हो। स्थायी दरबन्दीअनुसार शिक्षक नहुँदा संघीय, प्रदेश र स्थानीय अनुदानमार्फत निजी स्रोतमा शिक्षक राख्नुपर्ने बाध्यता रहेकाे पनि उनले बताइन्।

सरकारी विद्यालयमा पढाइको गुणस्तर भएन भनेर अभिभावकले आफ्ना बालबच्चा निजी विद्यालयमा पढाउनुपर्ने बाध्यता छ। उनले भनिन्, ‘स्थायी शिक्षकको दरबन्दी अभावका कारण पढाइको गुणस्तर खस्कँदै गएकाले आवश्यकताअनुसार दरबन्दी माग गरी शिक्षक सेवा आयोगमार्फत पदपूर्ति गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =