‘लण्डन टु पेरिस’ प्रेमकथाको यात्रा हो: निश्चल खड्का

हिमाल प्रेस २२ जेठ २०८१ १५:१६
10
SHARES
‘लण्डन टु पेरिस’ प्रेमकथाको यात्रा हो: निश्चल खड्का

काठमाडौँ- नव अभिनेता निश्चल खड्काले फिल्म ‘लण्डन टु पेरिस’ बाट अभिनयमा डेब्यू गरेका छन्। फिल्मको टिजर र ट्रेलर हेरेपछि दर्शकले उनलाई सिनेजगतमा सम्भावना बोकेको अभिनेताका रुपमा सकारात्मक लिइरहेका छन्। फिल्म यही जेठ २५ देखि देशभर प्रदर्शन हुनेछ।

फिल्म प्रदर्शनको हिसाबले यो उनको पहिलो फिल्म हो तर उनी यसअघि नै आफूले दुई फिल्म साइन गरिसकेको बताउँछन्। तर ती फिल्म बने बन्न नसकेको उनले सुनाए।

‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि दुई वटा फिल्मकामा अडिसन पछि साइन नै गरेको थिएँ। तर के कारणले हो ती फिल्म बनेनन्।’ उनले भने। यो फिल्मको अडिसनमा छनोट भएपछि पनि उनलाई पुराना कुराले नसताएको भने होइन् तर फिल्मको काम सुरु भएपछि आफू खुसी भएको सुनाए।

फिल्ममा निश्चल अपिल पात्रको भूमिकामा छन्। फिल्मलाई उनी प्रेमकथाको यात्रा भन्न रुचाउँछन्। अपिल पात्रबारे उनी भन्छन् ‘अपिल भन्ने २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो। जो लण्डनमा बस्छ। उसले प्रेम पाउनकै लागि लण्डनदेखि पेरिसम्मको यात्रा गर्छ। आफ्नो सपना पुरा गर्न कतिसम्म लाग्नुपर्छ भन्ने मेरो पात्रले देखाएको छ।’

फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ। अभिनेत्री शाहबाट आफुले अभिनयबारे सिक्ने मौका पाएको र सहयोगी रहेको उनले बताए। ‘साम्राज्ञी व्यक्तिगत र व्यावसायिक रुपमा एकदमै सहयोगी लाग्यो। मभन्दा उहाँ धेरै सिनियर भएकाले मैले धेरै कुरा उहाँबाट सिकें। हाम्रो उमेर एउटै भए पनि व्यावसायिकता हेर्दा उहाँ सिनियर। अभिनयका कति कुरा उहाँबाट सल्लाह लिएँ’, निश्चलले भने।

घनश्याम लामिछाने निर्देशित फिल्म ट्राभल लभस्टोरीको कथामा आधारित छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ।

प्रकाशित: २२ जेठ २०८१ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =