संसद्‌मा उठ्यो राष्ट्रिय सहमतिको सरकार गठनको माग

हिमाल प्रेस २२ जेठ २०८१ १३:४९
10
SHARES
संसद्‌मा उठ्यो राष्ट्रिय सहमतिको सरकार गठनको माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनको विषय उठेको छ। नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका हुन्।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरे।

सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। कर्णाली नदीमा पानीको स्तर कम हुँदै गएको र मानव र जङ्गली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए।

प्रकाशित: २२ जेठ २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast