कुलमान घिसिङलाई निलम्बन गरी कारबाही गर्न सुवालको माग

हिमाल प्रेस २२ जेठ २०८१ १३:४०
40
SHARES
कुलमान घिसिङलाई निलम्बन गरी कारबाही गर्न सुवालको माग नेमकिपाका सांसद प्रेम सुवाल।

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै सांसद सुवालले यस्तो माग गरेका हुन्।

घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत् उपभोग गरेकाहरूसँग अर्बौँ रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशूली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमिसनको पछि लागेको जस्ता आरोप लागेकाले निलम्बन गरी छानबिन गर्नुपर्ने माग सुवालको छ।

सुवालले भने, ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत् उपभोग गरेकाहरूसँग २०–२५ अर्ब रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशूली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमिसनको पछि लागेको, विद्युत् नियमन आयोगको सिफारिसबिना पीपीए गरी राज्यलाई करोडौँको नोक्सानी पुर्‍याएको, ५५ करोडको सेयर नौ करोडमा खरिद गरी भ्रष्टाचार गरेको जस्ता आरोप लागेको हुँदा उनलाई निलम्बन गरी छानबिन गर्नु जरुरी छ।’

प्रकाशित: २२ जेठ २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =