विद्युत् व्यापारमा इतिहास रच्ने प्रधानमन्त्रीको दाबी

हिमाल प्रेस २२ जेठ २०८१ १३:२७
10
SHARES
विद्युत् व्यापारमा इतिहास रच्ने प्रधानमन्त्रीको दाबी अरूण-३ जलविद्युत् परियोजनाको ब्रेकथ्रु कार्यक्रमलाई मंगलबार सहधागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

संंखुवासभा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने दाबी गरेका छन्।

अरूण-३ जलविद्युत् परियोजनाको ब्रेकथ्रु कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए।

उनले भने, ‘विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रसमेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत् आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ।’

प्रचण्डले आगामी आवमा ९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याइने र बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाइने पनि बताए।

सुक्खायामको माग पूर्ति गर्न बूढीगण्डकी, दूधकोसी र नलसिङगड जलाशययुक्त जलविद्युत् आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गर्ने तयारी गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिए। उनले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माण कार्य अगाडि बढाइने बताए।

प्रकाशित: २२ जेठ २०८१ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =