टी-२० विश्वकपको खेल लाइभ गर्न सबै स्थानीय तहलाई सरकारको निर्देशन

हिमाल प्रेस २२ जेठ २०८१ १३:२७
20
SHARES
टी-२० विश्वकपको खेल लाइभ गर्न सबै स्थानीय तहलाई सरकारको निर्देशन

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्न सरकारले सबै स्थानीय तहलाई निर्देशन दिएको छ। युवा तथा खेलकुद मन्त्रालयकी शाखा अधिकृत प्रमिला खरेलले सबै स्थानीय तहलाई पत्र पठाउँदै
उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त गरी नेपाल खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन अनुरोध गरेकी हुन्।

नेपालको पहिलो खेल आज राति नेपाली समयअनुसार ९:१५ बजे नेपाल-नेदरल्यान्डसबीच हुँदैछ।

प्रकाशित: २२ जेठ २०८१ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =