टी-२० विश्वकप : युगान्डामाथि अफगानिस्तानको जित

हिमाल प्रेस २२ जेठ २०८१ ९:५३
12
SHARES
टी-२० विश्वकप : युगान्डामाथि अफगानिस्तानको जित

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले युगान्डालाई सजिलै हराएको छ।

मंगलबार बिहान प्रोभिडेन्स रंगशालामा भएको खेलमा अफगानिस्तान १२५ रनले विजयी बनेको हो।

१८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो।

रोबिनसन ओबुयाले २५ बलमा १४ रन जोडे भने रियाजत अली शाहले ३४ बलमा ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

युगान्डाको इनिङ्स ध्वस्त बनाउन फजहलहक फारुकीले ५ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले ९ रन मात्र खर्चिए।

नवीन उल हक र रासिद खानले २-२ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए।

यसअघि अपोनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।

दुई ओपनरले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरे। गुरबाजले ४५ बलमा ७६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए।

अर्का ओपनर जादरानले ४६ बलमा ७० रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि भने युगान्डाका बलरहरूले कमब्याक गरे । मोहम्मद नाबीले १६ बलमा १४ रन बनाउन बाहेक अन्य ब्याटरले खुलेर रन बनाउन सकेनन् ।

२ सय रनभन्दा माथि बनाउन अग्रसर देखिएको अफगानिस्तान १ सय ८३ रनमा रोकियो । युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २-२ विकेट लिए भने अल्पेस रामजानीले १ विकेट हात पारे ।

प्रकाशित: २२ जेठ २०८१ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =