युगान्डालाई अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

हिमाल प्रेस २२ जेठ २०८१ ८:१०
6
SHARES
युगान्डालाई अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

काठमाडौँ-  आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाउन सफल भयो।

अफगानिस्तानका ओपनरको ठूलो साझेदारीका कारण सो लक्ष्य युगान्डाले पाएको हो। रहमनुल्लाह गुरुबाजले ७६ र इब्राहिम जादरानले ७० रन बनाएर ठूलो लक्ष्यतर्फ धकेलेका थिए। दुवै ओपनरको १५४ रनको साझेदारी १४ दशमलव ३ ओभरसम्म टिकेको थियो।

यस्तै अफगानिस्तानका मोहम्मद नाबी १४ रन बाहेक अरूले दोहोरो अंक छुन सकेनन्। यता युगान्डाका कोसमास केवुटा र  ब्रायन मसाबाले २/२ विकेट लिए।

अलेपेश रमजानीले १ विकेट लिए। दोस्रो इनिङ्सको खेल केही समयमै सुरु हुँदैछ।

प्रकाशित: २२ जेठ २०८१ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast