काठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२४ को गत रातिको खेलमा श्रीलंकामाथि दक्षिण अफ्रिकाले सहज जित निकालेको छ।
समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको हो। ७८ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
दक्षिण अफ्रिकाका हेनरिक क्लासेन १९ रन, क्विन्टन डी कक२०, रिजा हेन्ड्रिक्स ४, एडेन माक्ररम १२, ट्रिस्टन स्टब्स १३ र डेविड मिलरले ६ रन बनाए।
श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २, दासुन शानका र नुवान थुसराले एकरएक विकेट लिए।
त्यसअघि नासौं काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अल आउट भएको थियो।
श्रीलंकाका एन्जिलो म्याथ्युजले १६ बलमा २ छक्कासहित १६ रन बनाए। कुशल मेन्डिसले ३० बलमा १ चौकासहित सर्वाधिक १९ र कामिन्दु मेन्डिसले ११ रन बनाए। श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए। कागिसो रबाडा र केशव महाराजले दुईरदुई विकेट लिएका थिए ।