मधेश प्रदेशसभाको गतिरोध हट्यो, सप्तरी घटनाको छानविन संसदीय समितिले गर्ने

हिमाल प्रेस २१ जेठ २०८१ १९:०७
12
SHARES
मधेश प्रदेशसभाको गतिरोध हट्यो, सप्तरी घटनाको छानविन संसदीय समितिले गर्ने

जनकपुरधाम- सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको प्रदेश मामिला समितिले छानविन गर्ने भएको छ।

गत २०८० माघ ८ गते सप्तरीस्थित कृषि विश्वविद्यालय शिलान्यासको क्रममा भएको विवादको प्रदेश मामिला समितिले छानबिन गर्ने भएपछि लामो समयपछि मधेश प्रदेशसभाको गतिरोध अन्त्य भएको छ।

गत वर्ष माघ ८ गते सो कृषि विश्व विद्यालयको शिलान्यास जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। यादवले शिलान्यास गरेपछि जनमत पार्टीका कार्यकर्ताले विरोध गर्न खोज्दा मधेशका तत्कालिन शिक्षामन्त्री महेशप्रसाद यादवमाथि प्रहरीले बल प्रयोग गरेपछि घाइते भएका थिए।

जनमत पार्टीले उक्त घटनाको संसदीय छानबिन गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आईरहेको थियो। सोमबारको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले उक्त घटना छानबिनको जिम्मा प्रदेश मामिला समितिलाई दिएको जानकारी प्रदेशसभालाई गराए।

त्यस्तै गत वैशाख ४ गते चौथोपटक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने क्रममा सदनमा भएको तोडफोड घटनाको समेत समितिले छानबिन गर्ने दलहरुबिच सहमति भएको हो।

प्रकाशित: २१ जेठ २०८१ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =