गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २१ जेठ २०८१ १८:५९
50
SHARES
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो।

मर्हजनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाइ पाँचवटा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ। लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको उजुरीका आधारमा छानबिन हुँदा आर्थिक वर्ष ०७५/७६ मा १७ करोड, ८९ लाख ३५ हजार ५०० रुपैयाँ, आर्थिक वर्ष ०७६/०७७ मा २१ करोड, २१ लाख ९७ हजार ५० रुपैयाँ र आव ०७७/०७८ मा १८ करोड ६३ लाख २१ हजार ५८९ रुपैयाँ राजस्व रकम हिनामिना भएको पाइएको अख्तियारले जनाएको छ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा २० करोड ४९ लाख ५३ हजार ७५० रुपैयाँ र ०७९/८० मा २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ राजस्व चुहावट गरिएको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित: २१ जेठ २०८१ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =