आगामी वर्षदेखि पालिकास्तरमा रोजगार मेला आयोजना गरिने

हिमाल प्रेस २१ जेठ २०८१ १७:४०
16
SHARES
आगामी वर्षदेखि पालिकास्तरमा रोजगार मेला आयोजना गरिने

काठमाडाैँ-  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी वर्षदेखि पालिकास्तरमा रोजगार मेला आयोजना गरिने बताएका छन्। सोमबारदेखि गण्डकी प्रदेशको पोखरामा सुरु भएको ‘श्रमाधान रोजगार मेला’ उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन्। रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाताबीच समन्वय गर्न मन्त्रालयले रोजगार मेला आयोजना गरेको हो।

श्रममन्त्री अर्यालले भने,‘अहिलेको परिप्रेक्ष्यमा श्रमाधान रोजगार मेला सान्दर्भिक ठानेर हामीले बजेटबिना पनि मेलाको आयोजना गर्‍याै‌ं। छोटो अवधिमा नै मेला गर्नुपर्ने भएकोले हामीले कतिपयलाई कार्यक्रममा सहभागी गर्न सकेनौं। तर,आगामी दिनमा संयुक्त रूपमा यस्ता कार्यक्रम गर्न तीनवटै सरकार मिलेर पालिकास्तरमा नै गर्नेछौं।’

त्यसैगरी  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेकोमा धन्यवाद दिए। श्रम र रोजगारको क्षेत्रमा नयाँ दिशा दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नमा विश्वास व्यक्त गरे।

गाउँघरमा जमिन बाझो बनाउने तथा बेरोजगार भएर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘यही रोजगारीको खोजीको सिलसिलामा गाउँ छोड्ने ट्रेण्ड देखिएको छ। यो रोक्न सकियो भने हाम्रो भविष्य राम्रो हुँदैन,’ मुख्यमन्त्री पाण्डेले भने।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान)को संयोजन र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन्।

मेलामा विभिन्न खालका ३९ वटा स्टलहरू राखिएका छन्। मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघलगायतका विभिन्न खालका स्टलहरू रहेका छन्।

प्रकाशित: २१ जेठ २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =