एमाले पोखरा महानगरमा आचार्य निर्वाचित, खगराज गुटको वर्चस्व

हिमाल प्रेस २१ जेठ २०८१ १६:४३
28
SHARES
एमाले पोखरा महानगरमा आचार्य निर्वाचित, खगराज गुटको वर्चस्व

पोखरा- नेकपा एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्षमा जीवनप्रसाद आचार्य निर्वाचित भएका छन्। कमिटीको दोस्रो अधिवेशनअन्तर्गत सोमबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी दीपक पौडेललाई ६७ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

खगराज अधिकारीनिकट मानिने आचार्यले कुल खसेको ४ सय ८७ मतमा २ सय ७७ मत प्राप्त गरेका हुन्। पौडेलले २ सय १० मत ल्याए।

आचार्य यसअघि सचिव थिए भने पौडेल पहिले अध्यक्ष भइसकेका थिए। ६८ क्लष्टर रहेको चुनावमा सर्वसम्मत् प्रयास विफल भएपछि आचार्य र पौडेल प्यानल बनाएरै चुनावमा होमिएका थिए। यो भनेको एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी र केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गुट हाबी थियो। चुनावमा अधिकारी प्यानलले पदाधिकारीसहित अधिकांश सदस्यमा चुनाव जितेको हो। गत वर्षमात्रै भएको एमाले गण्डकीको चुनावमा गुरुङ र कास्की जिल्ला अधिवेशनमा अधिकारीनिकटका उम्मेदवारले चुनाव जितेका थिए।

पोखरा महानगर उपाध्यक्षमा अधिकारीनिकटकै नरेन्द्रनाथ ढुंगाना निर्वाचित भए। उनले २ सय ८४ ल्याउँदा उनका प्रतिस्पर्धी मोहन गुरुङले २ सय ३ ल्याए। सचिवमा सुशील बस्नेत २ सय ६७ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिस्पर्धी दिनेशबाबु खड्काले २ सय २० मत ल्याए।

उपसचिव (खुला) मा विष्णुप्रसाद गौतम निर्वाचित भए। गौतमले ३ सय १० मत ल्याए। उनका प्रतिस्पर्धी लालबहाुदर रानाले १ सय ७७ मत मात्र ल्याए। उपसचिव (महिला) मा हरिमाया विश्वकर्मा २ सय ८० मत ल्याउँदै निर्वाचित भइन्। उनका प्रतिस्पर्धी किरण गौतमले २ सय ७ ल्याउन सकिन्।

खुला १० सदस्यमा झलकप्रसाद बराल, शंकर भट्टराई, सूर्यप्रसाद उपाध्याय, जीवन तिवारी, कृष्ण आचार्य, टंकप्रसाद सुवेदी, दानबहादुर शाही, प्रदीप सुवेदी, राजेन्द्रप्रसाद पौडेल र प्रेमराज बसौला निर्वाचित भए। जसमा २३ जनाले उम्मेदवारी दिएका थिए।

पालिका महिला ५ सदस्यमा १० जनाको मनोनयन भएकोमा सीता केसी, लक्ष्मी तिम्सिना, कुलमाया पौडेल, राधिका पौडेल र मीनाकुमारी ठकुरी विजयी भए।

पालिका युवा खुलामा १३ जना चाहिनेमा २९ जना प्रतिस्पर्धामा थिए। जसमा प्रदीप गुरुङ, इ. भवसागर रानाभाट, शंकर पौडेल, इच्छाबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, विनोद भण्डारी, राजेन्द्र गिरी, विष्णु बास्तोला, सुविन तिमिल्सेना, सन्देश तिमिल्सेना, सन्तोष थापा, लोकेन्द्रराज (उत्तम) गिरी र सुनिल गोतामे निर्वाचित भए।

६८ क्लष्टरमध्ये १ सय १ सदस्यीय कमिटीमा २ सय बढी उम्मेदवार चुनावमा होमिएका थिए। शनिबारदेखि सुरु भएको अधिवेशनअन्तर्गत सोमबार बिहान ७ देखि दिउँसो साढे १२ बजेसम्म इलेक्ट्रिक भोटिङमार्फत मतदान भएको हो। पोखरा सभागृहमा भएको मतदानका लागि २६ मेसिन राखिएको थियो।

अधिवेशनमा ४ सय ९८ जना मतदातामध्ये मतदान प्रक्रियामा ४ सय ८७ जनाले भाग लिएको प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले बताए।

प्रकाशित: २१ जेठ २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =