सडक विभाग र काठमाडौं महानगरपालिकाबीचकाे विवाद लज्जास्पद : प्रतिमा गाैतम

हिमाल प्रेस २१ जेठ २०८१ १४:१०
52
SHARES
सडक विभाग र काठमाडौं महानगरपालिकाबीचकाे विवाद लज्जास्पद : प्रतिमा गाैतम

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद प्रतिमा गा‌ैतमले सडक विभाग काठमाडौं महानगरपालिकाबीचकाे विवाद लज्जास्पद भएकाे बताएकी छन्। प्रतिनिधसभा बैठकमा आज शून्य समयमा बाेल्दै सांसद गा‌ैतमले सडक र फुटपाथ निर्माणकाे विषयमा विवाद हुनु लज्जासपद भएकाे बताएकी हुन्। राज्यका दुई अंगबीच सिर्जना भएका यस्ता विवाले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गाैतमले गम्भीर बन्न आग्रह गरिन्।

‘सभामुख महाेदय, अहिले काठमाडौं महानगरपालिका र सडक विभागबिच आराेपप्रत्याराेप चलिरहेकाे छ। फाेहाेर व्यवस्थापनकाे विषय , सडक र फुटपाथ निर्माणकाे विषयमा कसकाे क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हाे ,’गाैतमले भनिन् ,’राज्यका दुई अंगबिचकाे विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन। स्थानीय सरकार र संघबिच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेकाे छ। यसतर्फ पनि गम्भीर हुन सराेकारवालाहरूकाे ध्यानाकर्षण गराउँदछु।’

प्रकाशित: २१ जेठ २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =