बजेटमाथि छलफलमा वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी

हिमाल प्रेस २१ जेठ २०८१ १४:०१
12
SHARES
बजेटमाथि छलफलमा वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी चित्रबहादुर केसी। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा वाक्क लागेर आफू निदाएको बताएका छन्।  सोमबार बजेटमाथि छलफलमा बोल्नेक्रममा नेता केसीले आगामी आर्थिक वर्षको लागि पेस भएको बजेट दलाल पुँजीको आगमन वृद्धिका निम्ति बाटो खोलेको पनि टिप्पणी गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले समाजवादउन्मुख दिशामा कुनै कार्यक्रम प्रस्तुत नगरिएको बताए।

‘बजेटमा समाजवादउन्मुख दिशामा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन। सरकारको नीति तथा कार्यक्रमले समाजवादउन्मुख कार्यक्रमप्रति प्रतिबद्धता जाहेर गरेको थियो,’ उनले भने, ‘बजेटले समाजवादउन्मुख अर्थतन्त्रलाई हित हुनेभन्दा दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटाहरू खुलेका छन्।’

उनले बजेटमाथिको छलफलमा नै प्रश्न उठाए। संसद्को छलफल वाक्कलाग्दो भएको उनको भनाइ थियो। ‘जतिसुकै उफ्रिए पनि अर्थमन्त्रीले ल्याएको बजेटमा तलमाथि गर्न नपाइने, जे आएको छ त्यही स्वीकार गर्नुपर्ने भएपछि त्यसका छलफलको त्यति औचित्य लाग्न छोड्यो,’ उनले भने, ‘म त यही छलफलको कुरा सुन्दा वाक्क लागेर एकछिन निदाएछु। संसद् रमाइलो छैन।’ साधारणतर्फको खर्च बढ्नुको कारण संघीयता भएको उनले जिकिर गरे। उनले संघीय संरचना हटाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २१ जेठ २०८१ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =