प्रेमको मनोविज्ञानयुक्त गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’

हिमाल प्रेस २१ जेठ २०८१ १३:१८
18
SHARES
प्रेमको मनोविज्ञानयुक्त गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’

काठमाडौँ- गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ (कस्ता रमाइला मेरा प्रिय) प्रकाशन भएको छ। गीतसङ्ग्रहमा प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ।

कृतिका रहेका दुई सय गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको छ ।

कृतिमा चार गीत नेपालसँग सम्बन्धित रहेको भन्दै प्राकृतिक चिकित्सकसमेत रहेका गीतकार खतिवडाले उक्त गीतले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको उल्लेख गरे।

गीतकार डा. खतिवडा भन्छन्, ‘प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ। प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’ सङ्ग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन गरिएकाे उनले बताए। गीतसङ्ग्रह ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको हाे।

प्रकाशित: २१ जेठ २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =