जनमोर्चाले संघीयताविरुद्ध सडक संघर्ष गर्ने

हिमाल प्रेस २१ जेठ २०८१ १३:१५
188
SHARES
जनमोर्चाले संघीयताविरुद्ध सडक संघर्ष गर्ने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध सडक संघर्ष गर्ने भएको छ।

राष्ट्रियता कमजोर बनाउने र सहकारी ठगीविरुद्ध पनि सडकबाट आवाज उठाउने भएको हो। संघीयताकै कारणले मुलुक खर्चिलो बनेकाले खारेजीको माग गर्दै सडक आन्दोलन गर्ने जनमोर्चाका महासचिव मनोज भट्टले हिमाल प्रेसलाई जानकारी दिए।

‘अब सडक आन्दोलनबाट हामी दबाब दिँदैछौँ। आन्दोलनको मिति पार्टीको बैठकबाट तय हुन्छ।’

भट्टका अनुसार सडक संघर्ष ‘व्यापक’ बनाउने तयारीका लागि जेठको २८ र २९ गते काठमाडौँमा पार्टीको बैठक बोलाइएको छ।

प्रकाशित: २१ जेठ २०८१ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =