बजेटमाथिको छलफलमा सांसदहरू [फोटो फिचर]

दिपेश श्रेष्ठ २१ जेठ २०८१ १३:१४
20
SHARES
बजेटमाथिको छलफलमा सांसदहरू [फोटो फिचर]

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पनि बजेटमाथि छलफल जारी छ। अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटमाथि दलीय आधारमा सांसदहरूले आफ्नो धारणा पेस गरिरहेका छन्। सांसदहरूले अर्थमन्त्रीले राजस्वको स्रोत र बाहिरी ऋणलाई बजेटमा प्रष्ट नपारेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले आय र व्यको स्रोत सुनिश्चित गर्न अर्थमन्त्री चुकेको टिप्पणी गरेका छन्।

जेठ १५ गते अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गरेका थिए। त्यस्तै आजको प्रतिनिधिसभाको बैठकबाट नेपाल सरकारको वार्षिक आर्थिक प्रतिवेदन २०७९/०८०’ पेस गर्ने तयारी पनि छ। प्रस्तुत बजेटमा सत्तापक्षका सांसदहरूले समर्थन जनाएका छन् भने प्रतिपक्षी सांसदहरूले बजेट अपूर्ण भएको बताउँदै आएका छन्।

प्रकाशित: २१ जेठ २०८१ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =