‘जय होस विजय होस’

हिमाल प्रेस २१ जेठ २०८१ १२:४७
174
SHARES
‘जय होस विजय होस’

काठमाडौँ- नारायण प्रसाद न्यौपानेको स्वरमा ‘जय होस विजय होस’ बोलको गीत सार्वजनिक भएको छ। गीत नेपाली क्रिकेट टिमलाई समर्पित गरिएको छ।

अनिल कुँवरको शब्द रहेको गीतमा गायक न्यौपानेले नै संगीत भरेका छन्। अडियो ल्याब स्टुडियोमा रेकर्ड गरिएको गीतमा दीपकराज विश्वकर्माको संगीत संयोजन छ। मनोज चौधरीले छायांकन गरेको गीत राम रिमाले सम्पादन गरेका छन्।

मितेरी फिल्म्सले निर्माण गरेको गीत कालो कमिला नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =