सौराहामा हनिमुन सिटी बनाउन कांग्रेसको प्रस्ताव

हिमाल प्रेस २१ जेठ २०८१ १२:०६
26
SHARES
सौराहामा हनिमुन सिटी बनाउन कांग्रेसको प्रस्ताव प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै कांग्रेस सांसद धनराज गुरुङ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा आगामी आवको बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो प्रस्ताव गरेका हुन्।

उनले भने, ‘विवाहित जोडी त्यहाँ जान्छन्। हात्ती चढ्छन्, घुम्छन्।’ यसैगरी रारा तालमा पनि एक हजार जोडी अट्न सक्ने हनिमुन सिप बनाउन उनले प्रस्ताव गरे।  उनले सांस्कृतिक पर्यटनको पनि आवश्यक रहेको बताए।

उनले नेपालको सांस्कृतिका विविधतालाई पर्यटनसँग जोड्नुपर्ने बताए। गुरुङले भने, ‘सोरठी घाटुमा ढल्कने, भजनमा रन्किने, साकेलामा भन्किने, तामाङ सेलोमा फन्कने, मैथिली, भोजपुरी र थारु संस्कृतिमा रम्ने, नेवारीमा जम्ने र देउडामा झुम्ने।’ उनले डाँडाकाँडा भत्काएर भ्यु टावर निर्माणका नाममा बजेट गर्न आवश्यक नरहेको बताए।

प्रकाशित: २१ जेठ २०८१ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =