कति पुग्यो डलरको मूल्य?

हिमाल प्रेस २१ जेठ २०८१ ७:०३
6
SHARES
कति पुग्यो डलरको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ। युरो अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा थियो।

प्रकाशित: २१ जेठ २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =