केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

हिमाल प्रेस २१ जेठ २०८१ ६:५३
4
SHARES
केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका एकदुई स्थानमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।

कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २१ जेठ २०८१ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =