काठमाडौँ- टी-२० विश्वकपमा ओमानविरुद्ध नामिबियाले सुरुवाती फिल्डिङ गर्ने भएको छ। आज बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ।
आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। खेल नेपाली समय अनुसार बिहान ६:१५ बजे सुरु हुनेछ ।
दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।
प्रकाशित: २१ जेठ २०८१ ६:२३
प्रतिक्रिया