घुस लिँदालिँदै पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २० जेठ २०८१ २०:४३
38
SHARES
घुस लिँदालिँदै पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आज (आइतबार) मुद्दा दायर गरेको छ।

विद्यालयको पर्खाल निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो। यस्तै आयोगको टोलीले एक लाख ७५ हजार बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो।

आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान दुई लाख ७५ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

प्रकाशित: २० जेठ २०८१ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =