मधेश प्रदेश श्रमाधान रोजगार मेला : करिब ६ हजारले गरे अवलोकन

हिमाल प्रेस २० जेठ २०८१ १९:२९
10
SHARES
मधेश प्रदेश श्रमाधान रोजगार मेला : करिब ६ हजारले गरे अवलोकन

काठमाडौँ- संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। मधेश प्रदेशको जनकपुरको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन्।

मेलाको शुरुवागत भएको पहलिो दिन जेठ १९ गते शनिवार करिव तीन हजार पाँच सय र २० गते आइतबार करिब दुई हजार पाँच सयले मेलाको अवलोकन गरेका छन्। दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन्।

मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोबाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिटी गार्डतर्फ ८० जना गरी जम्मा २४७ जना आवेदकहरूलाई अन्तरवार्ताको लागि बोलाइएको छ।

मेलामा उद्योग प्रतिष्ठानका १४, होटल संस्थाहरु ४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए।

मेलामा श्रमाधान संवादअन्तर्गत चारवटा प्यानलहरुमा श्रम आप्रवासन र कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी संघर्षबीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भएको थियो।

प्रकाशित: २० जेठ २०८१ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =