
काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाउने मुख्य योजनाकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको आरोप लगाएका छन्।
कपिलबस्तुको तौलिहवामा आइतबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रधानमन्त्री प्रचण्डमाथि खनिदै यादवले बेइमानी गरी पार्टी फुटाइदिएको आरोप लगाए।
उनले पार्टी विभाजन गरेका अशोक राईलाई पैसा र पद लोभी भएको आरोप लगाए। उनले राईको पार्टीमा २ प्रतिशत मान्छे नगएको दाबी गरे।
उनले प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि धोका दिइरहेको टिप्पणी गर्दै सरकारको आयु अब २–४ दिन मात्रै रहेको बताए।
अहिले ल्याएको बजेटमा कसैको सल्लह सुझाव नसमेटिएको बताउँदै यो बजेटले बिकास नभई बिनासतर्फ धकेलिने, गरिबी बढ्ने, वैदेशिक ऋण बढ्ने र तस्करलाई फाइदा हुने आरोप लगाए।