गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला साउन १३ मा आउने

हिमाल प्रेस २० जेठ २०८१ १८:४४
12
SHARES
गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला साउन १३ मा आउने

काठमाडौं– पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा आउँदो साउन १३ गतेलाई निसु तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जेठ १ देखि हेर्दा हेर्दैमा राखेर सुनुवाइ गरेको उक्त मुद्दामा आज अन्तिम सुनुवाइ गरेको छ। असार २१ भित्र बहस नोट पेस गर्न र साउन १३ गते फैसला हुने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेको थियो। २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जोशीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको विगो कायम गरी मुद्दा दायर भएको थियो।

जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला बासुदेव पन्त, बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाइएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो।

त्यसविरुद्ध अख्तियार र जोशी दुवैले ०६९ सालमा सर्वोच्चमा रिट दायर गरेकोमा ०७० भदौ १२ मा झझि आदेश गरेको थियो। त्यसपछि ब्युतिएको जोशीको मुद्दामा झन्डै ११ वर्षपछि नियमित सुनुवाइ अघि बढेको हो। जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला अब न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले नै गर्नेछ।

प्रकाशित: २० जेठ २०८१ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =