राज सिग्देलको स्वरमा ‘काँच’ सार्वजनिक

हिमाल प्रेस २० जेठ २०८१ १७:३८
162
SHARES
राज सिग्देलको स्वरमा ‘काँच’ सार्वजनिक

काठमाडौँ- राज सिग्देलको स्वरमा ‘काँच’ बोलको गजल गीत सार्वजनिक भएको छ। मेला स्टुडियोमा रेकर्ड गरिएको गीतमा चेतमान गुरुङले संगीत भरेका छन्। भने बलराम राजवंशीको संगीत संयोजन छ। गजल शीतल कदम्बिनीले लेखेकी हुन्।

गीतको भिडियोमा असमझदारीका कारण पतिपत्निबीचमा आउने मनमुटावलाई प्रस्तुत गरिएको छ। गीत भीष्म जोशीको पटकथा एवं निर्देशनमा बनेको हो। गीतका सह-निर्देशक आयान परियार हुन्।

चेतमान गुरुङ र शीतल कदम्बिनीको प्रस्तुतिमा बनेको गीतको भिडियो महेश पौडेलले छायांकन गरेका छन्। भिडियोमा कलाकार घनु जोशी, अनामिका लामिछाने र शकुन्तला (शकु) शाहकाे अभिनय छ।

गीत मदन घिमिरेको सम्पादन, सरोज खड्काको भिडियो परिरुपक, धीरज अधिकारीको रंग संयोजनमा बनेको छ। आर्ट घरसँगको सहकार्यमा निर्माण भएको गीत म्युजिक नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: २० जेठ २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =