टी २० विश्वकप : दोस्रो ठूलो क्रिकेट बजार बन्ला त अमेरिका?

हिमाल प्रेस २० जेठ २०८१ १५:२५
42
SHARES
टी २० विश्वकप : दोस्रो ठूलो क्रिकेट बजार बन्ला त अमेरिका? संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित डल्लासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा शनिबार अमेरिका र क्यानडाबीच भएको खेलको दृश्य। तस्बिर : एएफपी/रासस

टी २० विश्वकप क्रिकेट प्रतियोगिता आयोजक अमेरिकाले जुन उत्साहका साथ प्रचार अभियान देखाएको छ, यो आईसीसी र विश्व क्रिकेटका लागि स्वागतयोग्य कुरा हो तर यतिले मात्रै अमेरिकी रंगशालामा दर्शक भर्न पर्याप्त छैन। अमेरिकाका लागि क्रिकेट अपरिचित खेल होइन। अमेरिकी भूमिमा ३०० वर्ष पहिला पनि क्रिकेट खेलिन्थ्यो र त्यसको लोकप्रियता कम थिएन।

पछिल्लो दशकमा आईसीसीले क्रिकेट प्रसारका लागि क्रान्तिकारी कदम चालेको छ। यही कारण अहिले विश्वका ९० भन्दा बढी टिमले टी २० क्रिकेट खेल्छन्। यी सबै मुलुकले टी २० क्रिकेटलाई मान्यता पाएका कारण अमेरिका पहिलोपटक प्रतियोगिता आयोजक बनेको छ।

आफ्नो लोकप्रियताका कारण क्रिकेटको यो प्रतियोगिताले कुनै नयाँ रेकर्ड बनाउला या अघिल्लो वर्ष एकदिवसीय विश्वकप जसरी ‘फ्लप’ होला भन्ने सुनिश्चित छैन। केचाहिँ पक्का छ भने टी २० प्रतियोगताले क्रिकेटमा केही नयाँ दर्शक थपिनेछन् भने जसले खेलको विकासमा मद्दत गर्नेछ।

आईसीसी क्रिकेटमा भारतीय दबदबा छ। भारतमा क्रिकेटका सबा अर्ब दर्शक छन्। साथै आईसीसीका लागि सबैभन्दा बढी राजस्व तिर्ने मुलुक भारत हो। पाकिस्तान आफ्नो अर्थव्यवस्था एवम् विदेश नीतिमा कमजोर नहुँदो हो त क्रिकेटका लागि दोस्रो या तेस्रो बजार बन्न सक्थ्यो। त्यसैले अमेरिकी भूमिमा आईसीसी प्रतियोगिता आयोजना भएका कारण एउटा महादेश क्रिकेट अर्थ व्यवस्थाको नयाँ हिस्सा बनेको छ, जसले आगामी केही वर्षका क्रिकेट अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ।

आफ्नो राजनीतिक प्रभावका कारण अमेरिकाले आईसीसीमा भारतीय वर्चस्वलाई जित्न सक्नेछ किनभने डलरको अगाडि कसले प्रतिस्पर्धा गर्नु?

दर्शकका लागि यसपटकको विश्वकपमा विशेष उत्साह छ। कारण हो, विगतमा १०–१२ टिम सहभागी हुँदै आएको आईसीसी टी २० विश्वकपमा २० टिम सहभागी छन्। क्रिकेटले फुटबलको लोकप्रियतासँग प्रतिस्पर्धा गर्न खोज्नु त निकै टाढाको विषय हो यद्यपि क्रिकेट विश्वको दोस्रो ठूलो खेल बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका बारेमा अनुमान लगाउन टिमको क्षमताका अतिरिक्त आयोजना स्थलको डाटा पनि महत्त्वपूर्ण हुन सक्छ। तर यी कुरा यसपटक उपलब्ध हुने छैन। यीमध्ये धेरै ठाउँमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हुँदैछ। ती रंगशालामा राखिएका अस्ट्रेलियाली पिच अमेरिकी मौसमका लागि कति अनुकूल हुन सक्छ भन्ने विषयमा कोही जानकार छैन। टी २० विश्वकप क्रिकेटमा खेलिने पिच अस्ट्रेलियाको एडिलेडबाट पानीजहाजमा फ्लोरिडा हुँदै अमेरिका पुर्‍याइएका हुन्। बीबीसीबाट

प्रकाशित: २० जेठ २०८१ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =