क्रिएसन नेपालले संकलन गर्‍यो २५ टन फोहोर

हिमाल प्रेस २० जेठ २०८१ १३:४५
12
SHARES
क्रिएसन नेपालले संकलन गर्‍यो २५ टन फोहोर

सिन्धुली- क्रिएसन नेपालले सिन्धुलीको गोलन्जोर गाउँपालिकासँग मिलेर २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरेको छ। फोहोर संकलनसँगै सुनकोशी नदीमा चुहावट हुनबाट रोकेको छ।

गोलन्जोर गाँउपालिकाको खुर्कोट-७ नदीको किनारमा प्लाष्टिकजन्य फोहोरमैला संकलनगरी शुक्रबार सफा गरिएको हो।

सरसफाई अयिभानमा प्रमुख अतिथि गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले राम्रो काम गर्न मद्दत गरिरहेको बताए। उनले बढ्दो सहरीकरणले गोलन्जोर गाँउपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको बताए।

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए। उनले हामीले भविष्यका सन्ततीलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित चिन्तन गर्नुपर्ने बताए।

‘हामीले आज गरेको राम्रो कार्य, हाम्रो देश र हाम्रो समुदायको लागि मात्रै नभई हाम्रो भावी पुस्ताका लागि राम्रो वातावरण सुनिश्चित गर्ने हो विशाल उद्देश्यका लागि गरिएको बुझ्नुपर्ने अध्यक्ष मिश्रले बताए।

मिश्रले राजमार्ग र खोलामा प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अभियान परियोजनाले परिचालन गरेको युवा स्वयं सेवक (यूथको हर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए।

‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एसिया) को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने, यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागू गरिएको हो।

प्रकाशित: २० जेठ २०८१ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =