‘ह्रस्व दीर्घ’ को मिति परिवर्तन, असोज ३ मा प्रदर्शन

हिमाल प्रेस २० जेठ २०८१ १२:५७
98
SHARES
‘ह्रस्व दीर्घ’ को मिति परिवर्तन, असोज ३ मा प्रदर्शन

काठमाडौँ-  फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि असोज ११ मा प्रदर्शन गर्ने भनिएको फिल्मलाई निर्माण टिमले केही दिन अघि सारेका छन्। अब  फिल्म असोज तीन गते प्रदर्शन हुनेछ।

फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा मिति परिवर्तन गरेकाे बताइन्।

द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन बनेको फिल्म सामाजिक कथामा आधारित छ। फिल्ममा नेपाली कलाकार नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा र साउथबाट ब्रह्मानन्दम्, अलि, प्रदीप रावत र कवीर दुहान सिंहलगायतको अभिनय छ।

फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा तीन चरणमा छायांकन गरिएको छ। भारतीय छायांकार कवीरलालको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको छ। फिल्मको कथा अभिनेता हरिहर अधिकारीले लेखेका छन्। फिल्म निता फिल्मस्को ब्यानरमा निर्माण भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =