नागरिकलाई पोशाकका कारण सिंहदरबार र संसद् भवन छिर्न रोक्नु आश्चर्यजनक : ईश्वरीदेवी न्यौपाने

हिमाल प्रेस २० जेठ २०८१ १२:४५
4
SHARES
नागरिकलाई  पोशाकका कारण सिंहदरबार र संसद् भवन छिर्न रोक्नु आश्चर्यजनक : ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद न्यौपाने। तस्बिर : दिपेश श्रेष्ठ/ हिमाल प्रेस

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले कानुन बनाउनेहरू नै पोसाकमा एकरूपता दिन नखोजेको आरोप लगाएकी छन्। आज प्रतिनिधिसभामा बोल्दै कानुन बनाउने र नागरिकको पोसाकमा भिन्नता दिन खोजिएको आरोप लगाइन्। उनले सिंहदरबार र संसद् भवनमा सांसदले जे लगाए पनि हुने तर नागरिकले भने औपचारिक पोसाक लाउनुपर्ने विभेदकारी नीति रहेको बताइन्।

दूरदराजका नागरिकलाई काठमाडौं आउनै गाह्रो हुने र काठमाडौं आएको बेला संसद् भवन हेर्न खोज्दा पोशाकका कारणले समेत समस्या हुने गरेको उनको भनाइ छ ।

पोशाककै कारण संसद् भवनमा पुगेर पनि दर्शकदीर्घामा जानबाट रोकिने गरेको उनले बताइन् ।

किन दर्शकदीर्घामा जानबाट रोकिएको भनेर आफूले प्रश्न गर्दा ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन्’ भनिएको उनले बताइन् ।

यस्तो जवाफ सुनेर आफू आश्चर्यजनक भएको पनि उनले सुनाइन् । यो सरकारको नियम होला भनेर आफूले मनमा दबाएर राखेको तर, त्यस्ता घटना दोहोरिरहेपछि उठाउनु परेको उनको भनाइ छ ।

 

प्रकाशित: २० जेठ २०८१ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast