‘बेहुली फ्रम मेघौली’ को पोस्टरमा स्वस्तिमाकाे ‘क्यारेक्टर लुक्स’

हिमाल प्रेस २० जेठ २०८१ ११:५३
10
SHARES
‘बेहुली फ्रम मेघौली’ को पोस्टरमा स्वस्तिमाकाे ‘क्यारेक्टर लुक्स’

काठमाडौँ-  फिल्म ‘बेहुली फ्रम मेघौली’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मकी मुख्य पात्र अभिनेत्री स्वस्तिमा खड्काको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ।

अभिनेत्री खड्काले रातो साडी र चोली लगाएकी छन। साथै उभिएर ट्याक्टर चलाउदै औंलाले कसैलाई संकेत गरिरहेकी छन्।जसबाट उनले ट्याक्टरमार्फत कसैलाई पछ्याइरहेको अनुमान गर्न सकिन्छ।

आगामी दसैँमा प्रदर्शन गर्ने भनिएको फिल्मका निर्देशक साजन काफ्ले र आकाश बराल हुन्। तर फिल्मको मिति भने तोकिएको छैन्। निर्देशक साजन र आकाशले नै फिलमको कथा लेखेका छन्।

फिल्ममा अभिनेत्री स्वस्तिमाको जोडी उनकै पति अभिनेता निश्चल बस्नेतसँग बाँधिएको छ। फिल्ममा अन्य कलाकार विजय बराल, सिम्रन खड्का, आमिर गौतम, लगायतको अभिनय छ।

बेहुलीको कथामा आधारित फिल्मचितवनको मेघौलीमा छायांकन गरिएको हो।स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =