मापसे गर्नेलाई कानुनबिना नै स्वयंसेवक बनाउने कामले हुकुमी शासनको अनुभूति भयो : कांग्रेस

हिमाल प्रेस २० जेठ २०८१ ११:३६
8
SHARES
मापसे गर्नेलाई कानुनबिना नै स्वयंसेवक बनाउने कामले हुकुमी शासनको अनुभूति भयो : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले मादक पदार्थ सेवन (मापसे) प्रयोग गरेर सवारी चलाउनेलाई कारबाही स्वरूप स्वयंसेवक बनाउने कामको आपत्ति जनाएको छ।

कांग्रेस नेता रामहरि खतिवडाले आज प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको आरोप लगाए।

उनले कानुनबिना नै मान्छेलाई सडकमा उत्र्याउनुलाई हुकुमी शासन भनेका हुन्।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको राम्रो भएपनि कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने बताए।

प्रकाशित: २० जेठ २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =