नेपाली महिला उद्यमीसँग सहकार्य गर्न इजरायली महिला इच्छुक

हिमाल प्रेस १९ जेठ २०८१ १९:२९
52
SHARES
नेपाली महिला उद्यमीसँग सहकार्य गर्न इजरायली महिला इच्छुक

काठमाडौँ- इजरायलका महिला उद्यमीले तीन दिन नेपाल भ्रमण गरेर यहाँको अवस्थालाई नजिकबाट नियालेर भारत लागेका छन्। भुटानबाट नेपाल आएका इजरायली महिला उद्यमी टोलीले नेपालको हरेक क्षेत्रमा महिलाको सहभागिता र उद्योगमा समेत सक्रिय रहेको देखेपछि खुसी भएका थिए। उनीहरूले नेपालको यो उपलब्धिको प्रशंसा गरेका थिए।

विभिन्न क्षेत्रका उद्यमशील १८ महिलाको टोली नेपाल आएको थियो। उनीहरू नेपालको तीन दिने भ्रमण सकेर बुधबार भारत‍ लागेका हुन्। इजरायलको चेम्बर्स अफ कमर्शका प्रतिनिधिमण्डलले राजनीतिदेखि उद्योगसम्म क्षेत्रमा नेपाली महिलाको सहभागिताको प्रशंसा गर्दै सहकार्यमा जोड दिएका थिए। उनीहरूले नेपाल जस्तो मुलुकमा महिलाको अवस्था निकै दयनीय भएको जानकारी पाएका थिए।

नेपाली महिला उद्यमीसँगको भेटमा इजरायली चेम्बर अफ कमर्शका अध्यक्ष एनट बर्नस्टिन रिचले नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता विश्वकै लागि उदाहरणीय रहेको भन्दै यो चेत विकसित मुलुकमा हुनु राम्रो रहेको बताइन्।

अध्यक्ष रिचले इजरायलमा शिक्षा, रोजगारी, व्यापार, उद्योगलगायतमा महिला सहभागिता उल्लेख्य रहेपनि राजनीतिमा भने महिला निकै कम अर्थात् १० प्रतिशतमात्रै उपस्थिति रहेको देखिन्छ। नेपालमा यो तबरको विकास हुँदा विकसित भनिएको मुलुकमा कम हुनु चिन्ताको विषय रहेको बताइन्। उनले आफ्नो मुलकुमा पनि महिला सहभागिता बढाउन काम गर्ने बताइन्।

इजरायली प्रतिनिधिमण्डलसँगको भेटमा नेपाली महिला उद्यमीले विषयगत रूपमा नै अनुभव साटासाट गरेका थिए। उनीहरू आएकै दिनमा नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आफ्नो निवासमा दिवाभोज कार्यक्रम आयोजना गर्दै उनीहरूको अनुभव साट्ने काम गरेका थिए।

प्राविधिक सहायता, प्रशिक्षण कार्यक्रम, लगानीका अवसर, विनिमय कार्यक्रमको बारेमा निकै लामो छलफल भएको थियो। त्यहाँ नेपाली उद्यमीको पनि उपस्थिति रहेको थियो। इजरायलले नेपालमा सामान्यदेखि उच्च सुरक्षाको सामानसमेत उपलब्ध गराउने र बेच्ने गर्छ। कतिपय सैन्य सामग्री नेपाल सरकारलाई सिधै हस्तान्तरण गरे पनि कतिपय व्यवसाय पनि गरिरहेको हुन्छ।

नेपाली सेनाले इजरायलको सुरक्षा निकायबाट सर्टिफाइट कम्पनीको सामान लिने गर्छ। नेपालमा टेलिफोन र सुरक्षा सामग्रीमा इजारायलीको योगदान राम्रो रहेको छ। नयाँ खुलेको कम्पनीभन्दा पनि इजरायलको सुरक्षा फिचरहरूमा एमसीटेक कम्पनीका उपकरण उपयोगी हुने र त्यो उनीहरूले आफ्ना प्रधानमन्त्रीको सुरक्षाको लागि समेत उपयोग गरेका हुन्छन्।

इजरायली सेनामा कर्णेलबाट सेवा निवृत्त भएकी डेवोराह रुथ कन्डलीले सेनामा आवश्यक पर्ने सुरक्षा सामाग्रीमा इजारयल निकै अघि रहेको र त्यो सामग्री उपलब्ध गराउन रणनीतिक कन्सलट्यान्टको रूपमा काम गरिरहेको जानकारी दिँदै भनिन्,‘हामी विभिन्न क्षेत्रका महिलाहरू छौँ। म लिडरसिपलाई आफ्नो मुलुकको सुरक्षासँग सबन्धित सामानहरू जानकारी दिने र त्यो राम्रोलाई खरिद गर्नप्रोत्साहन गर्छु।’

सुरक्षासम्बन्धी सामानमा नयाँ कम्पनीहरू पनि आएका छन् तर इजरायलको सरकारले अझ पनि विश्वास गर्ने एमसीटेक कम्पनी सहित केही अन्य कम्पनीहरू छन् जसले बख्तरबन्दको सामग्री, रिमोटबाट बम पड्काउन खोजे त्यसलाई निष्क्रिय बनाउने, आइरन डोम देखि धेरै सामग्री उपलब्ध हुन्छ तर नेपालले के कस्तो सामान खरिद गर्ने त्यो यहाँको सरकार र सेनामा रहेको उपल्ला अधिकारीमा निर्भर रहन्छ।

तर राम्रो सामानबारे जानकारी लिने र राम्रै सामग्रीमात्र खरिद गर्ने गर्दा नेपाल जस्तो मुलुकलाई हित हुनेछ त्यसमा अधिकारीहरूले ध्या दिन सक्नुपर्ने कुरा उनले बताइन्। बेन्जमिन नेत न्याहूको मात्र होइन अमेरिकी राष्ट्रपतिको सुरक्षामा समेत एमसीटेकका सामग्री प्रयोग हुन्छन् तर नेपालमा पछि खोलिएका सस्ता सामग्रीहरू लिने र दाम त्यही राख्ने गर्न पनि सक्ने हुनाले यसमा निकायको ध्यान जानुपर्छ।

‘हामी नेपालमा मात्र होइन यो क्षेत्र घुम्न आएका हौँ। यहाँ अन्तरक्रिया गर्दा यस्तै विषयमा जोड हुन्छ। कृषिका विषय, खेतिमा पानी दिने विषय र हाम्रो प्रविधि, खानयोग्य फलफूलको उत्पादनदेखि प्रविधिसम्मा हामी छलफल गर्न सक्छौं। सहकार्य पनि गर्न सक्छौँ,’ उनले भनिन्। टिममा नै रहेकी अनत क्षिओरले भनिन्,‘हामी शिक्षाको विकासबारे पनि छलफल गर्ने गछौँ। हामीलाई प्रविधि र सुरक्षा सामग्रीको लागिमात्र होइन शिक्षाको क्षेत्रमा पनि  सम्झना आवश्यक छ।’

स्वास्थ्य सामग्री, अस्पतालको उपयोग, अस्पताल कस्तो बनाउने त्यसको प्रविधि, उपकरणमा पनि इजरायल एक कदम अघि रहेको भन्दै इरिट रेइनगोल्डले भनिन्,‘हामी नेपाललगायत यस क्षेत्रमा स्वास्थ्य, टेलिकम्युनिकेसन, शिक्षाको क्षेत्रमा आवश्यक पर्ने सामग्री र प्रविधि उपलब्ध गराउन सक्छौं।

१८ जना फरकफरक विधाका थिए। उनीहरू ले आफ्नो क्षेत्रको मार्केटिङ मात्र गरेनन् नेपालबाट उता लैजान मिल्ने विषयको पनि खोजी ग रेका थिए। नेपाली महिला उद्यमीलाई नवीनतम् सीप र ज्ञानको साथ सशक्तिकरण गर्न कार्यशालाहरू र प्रशिक्षण सत्रहरू सञ्चालनमा पनि सहयोग गदै आफ्नो तर्फबाट नेपालसँग सहकार्य अघि बढाउने प्रण पनि उनीहरूबाट भएको थियो।

उनीहरूले आधुनिक कृषि प्रणाली, कृषि र पर्यटनको क्षेत्रमा लगानी, आपसी सिकाइ र सांस्कृतिक आदानप्रदानको विषयमा छलफल गर्दै कृषि परम्परागत ढंगले नभइ आधुनिक तवरले गर्न पर्नेमा जोड दिए।

सडकमा ट्राफिक प्रहरीको व्यस्तता देखेर उनीहरू भन्दै थिए,‘जमाना एआईको छ। यहाँ ट्राफिक प्रहरी सडकमा दौडिरहेका हुन्छन्। यो प्रविधिको जमानामा कुनै पनि ट्रफिक प्रहरीबिना नै सडक जाम कम गर्न सकिन्छ।’

प्रकाशित: १९ जेठ २०८१ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =