११ दिनपछि मनसुन भित्रिने पूर्वानुमान

हिमाल प्रेस १९ जेठ २०८१ १८:३८
14
SHARES
११ दिनपछि मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भू-भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ।

विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भू-भागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ। नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ।

प्रकाशित: १९ जेठ २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =